एजेन्सी : कसैको विवाहमा जाँदा खाना मन परेन भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ ? हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ।

तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिाहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाइँ नै भएको छ।

उक्त लडाईंमा एक जनाको मृत्यु पनि भएको छ। घटनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो । जन्तीमा कुखुराको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो।

त्यहाँ विवाद एकदम उग्र भएको थियो । घटनामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो । चारैजनालाई उपचारको लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो । त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ त घोषित गर्दिए। तीन जना गम्भीर घाइतेहरुलाई अर्को अस्पताल पठाइयो।

जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घाइते भएका छन्। शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियो।

त्यहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन्। त्यसपछि परिवारका सदस्यहरूले तीन जना घाइतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here