सर्लाही : जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित जहदा-४ का वडाध्यक्ष (कृष्ण गिरी) जयनरथ गिरी ७ सय ४५ नेता तथा कार्यकर्तासहित नेकपा एमालेमा प्रवेश गरेका छन्।

कोरोना महामारीकाबीच जहदा नगर कमिटीले हजारौं नेता तथा कार्यकर्ताको उपस्थितिमा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष गिरी, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी सीमा राजवंशीलगायतका व्यक्तिलाई पार्टी प्रवेश गराएको हो ।

जसपा, कांग्रेस, माओवादी केन्द्रका गाउँपालिकास्तरीय नेता तथा कार्यकर्तालाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here