सर्लाही : नेपाल आयल निगमले पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ।

निगमले पेट्रोलमा २ रूपैयाँ बढाएर नयाँ मूल्य प्रति लिटर १ सय ३० रूपैयाँ पुर्‍याएको छ। यसैगरी, डिजल/मट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ बनाएको छ।

खाना पकाउने एलपी ग्यासमा निगमले फेरि २५ रूपैयाँ बढाएर १ हजार ४ सय ५० पुर्‍याएको छ। यसअघि पनि निगमले एलपी ग्यासको मूल्य २५ रूपैयाँ बढाएको थियो। अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर १७ अमेरिकी डलरले बढाएर ७ सय ७० अमेरिकी डलर पुर्‍याएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here