काठमाडाैं : फेसबुकमा आफ्नो पोस्टमाथि कमेन्ट गर्ने एक जनालाई अनेरास्ववियु अध्यक्ष नवीना लामाले ज्यान मार्ने धम्की दिएकी छन्। पर्यटनमन्त्री भानुभक्त ढकालसँगको फोटो सेयर गर्दै लामाले भेटघाटबारे लेखेकी थिइन्।

लामाको उक्त लेखाइ अशुद्ध भएको र भाषा सच्चाउन भन्दै विष्णु गिरिले कमेन्ट गरेका थिए। तर लामाले गिरीको फेसबुक मेसेन्जरमा गएर ‘तँ को हो जे पायो त्यही लेख्ने, तेरो कल आयो है ख्याल गर’ लेखेकी छन्। लामाले पठाएको उक्त म्यासेजको स्क्रिनसट गिरीले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here