सर्लाही : सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए। 

पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ। ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताए। 

अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए। उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here