सर्लाही : ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका-५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो। हत्या गरेको आशंकामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।

भागेश्वरका बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोजी गर्ने क्रममा घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए।

हत्या आशंकामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। केही महिनापूर्व महोत्तरीको भ्रमरपुरामा सुजाता ठाकुर हत्या प्रकरण नसेलाउँदै धनुषामा समेत सोही प्रकृतिको हत्याको घटना सार्वजनिक भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here