सर्लाही : बैतडीमा एक स्वास्थ्य स्वयं सेविकाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छिन्।

बैतडीको डिलाशैनी गाउँपालिका ७ ढाँडकी महिला स्वास्थ्य स्वयं सेविका ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन्। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र आज (मंगलबार) अदालतबाट म्याद थपेर अनुसन्धान शुरु हुने प्रहरी निरीक्षक शाहीले बताए।

माधवीका श्रीमान वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता भएका प्रहरीले जनाएको छ। गाउँकै १७ बर्षीय किशोरसँग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ। माधवीको घरमा १३ बर्षीय एक छोरा पनि छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here