सर्लाही : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा.३ ख. ८०३० नम्बरको गाडी सुनकोशी गाउँपालिका-३ छापगाउँमा दुर्घटना भएको हो। दुई जना बसले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरिसकेको छैन।

प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेका र उद्धार जारी रहेकाले घटनाबारे यकिन विवरण आइसकेको छैन।

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदाबहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here