सर्लाही : ११ वर्षिया बालीका माथि जबरजस्ती करणी प्रयास गर्ने कैलालीका छुनुकलाल पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका-८ फकलपुरका छुनुकलाल चौधरी ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।

यसअघि बलात्कार प्रयासको घटना साढे तीन लाखमा मिलाएको आरोप लागेका एक प्रहरी सहायक निरीक्षक निलम्बनमा परिसकेका छन्। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले अस्थायी प्रहरी चौकी बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीलाई निलम्बन गरेको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा उक्त प्रकरणबारे छानबिन समिति गठन गरिएको थियो।

उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएको भन्दै खबर बाहिरिएको थियो। वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here