मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ । खानामा एकदमै सजक रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागँर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । दिन एकदमै राम्रो छ, कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावब्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागिरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । चल अचल सम्पत्तिको कारोवार हुनेछ । पाहुनाको आगमन होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ, पढाइमा प्रगती होला । साथै, दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ ।

राशिफलमा जेजस्तो लेखिएको भएपनि हजुरको दिन शुभ रहोस ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here