सर्लाही : जनगायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए।

उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह  र उच्च रक्तचापको समस्या थियो। 

गत मंगलबार उनलाई मष्तिष्कघात भएको थियो। 

गायक टुहुरेले गाएको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर…’  चर्चित थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here