सर्लाही : एसिडपीडित आरती साहलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

मुख्यमन्त्री लालबाबु राउतले आरतीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री राउतले पीडित साहलाई बिहीबार बिहान आर्थिक सहयोग गरेका हुन्।

पतिबाट सम्बन्ध बिग्रिएपछि माइत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रहेकी आरती साह र उनकी छोरी रियालाई पति सञ्जिवले एसिड प्रहार गरेका थिए।

एसिड आक्रमणबाट घाइते भएकी उनको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेको छ।

आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-२० देवपुरा रुपैठाका २४ वर्षका सञ्जिवलाई प्रहरीले पक्राउ गरेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here