काठमाडाैैं : असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले खोपको व्यवस्थापन भदौसम्म भइसक्ने हुँदा परीक्षा गराउन समस्या नहुने बताए।

समितिले कक्षा १२ को विद्यार्थीलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न निर्देशन दिएको छ । समितिका सभापति जययपुरी घर्तीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकेसम्म छिटो खोेपको व्यवस्था गर्न निर्देशन दिएकी हुन्।

भदौ महिनासम्म प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराइसक्छौँ। त्यसैले परीक्षा भदौको अन्तिम वा असोजकोे पहिलो हप्ताबाटै गर्न सकिने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए।

बैठकमा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका संसदीय समितिका सदस्य गिरिराजमणि पोखरेलले यथाशीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here