सर्लाही : लालबन्दी नगरपालिका-१७ मा भाइरल ज्वरोका कारण स्थानीय बिरामी पर्न थालेका छन्।

साविक रानीगन्ज गाविस वडा नम्बर १, २ र ३ मा भाइरल ज्वरो र रुघाखोकीले मानिसहरू ग्रसित भएका स्थानीय निरन्जन कार्कीले बताए।

यस वडाका वडा सदस्य रामबहादुर बम्जन पनि बिरामी भएका छन्। गत बुधबारदेखि उनी बिरामी परेका छन्। वडाभरि कति मान्छे बिरामी भए भन्ने यकिन नभए पनि वडापिच्छे हरेक घरका मानिस बिरामी भएका उनले बताए।

बिरामी अवस्थामा रहेर पनि सर्लाही एक्सप्रेससँग कुरा गरेका बम्जनका अनुसार स्थानीय स्वास्थ्य चाैकी बिरामीले भरिन थालेका छन्। स्थानीय त्रिदेव अस्पतालमा बिरामीहरूको उपचार भइरहेको उनले जानकारी दिए।

साथै स्थानीय मेडिकल र क्लिनिकमा पनि बिरामीहरू जान थालेका छन्। बिहानदेखि साँझसम्म स्वास्थ्य संस्थामा बिरामीहरूको लाइन लाग्न थालेको बम्जनले बताए।

यद्यपि बिरामीहरूमा देखिएको लक्षण कोरोना हो या अन्य त्यसबारे भने कसैले पनि परीक्षण नगराएका वडासदस्य बम्जनले बताए। बिरामी भएकाहरूमा टाइफाइडको समस्या देखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here