सर्लाही : महोत्तरीको रातु नदीमा आएको बाढीले बल्वा नगरपालिका-४ को तिलगढमा रातु नदीको तटबन्ध कटान गर्दा तिलगढ डुवानमा परेको छ।

वर्षा सँगै आएको बाढीले ४ नम्वर वडा पूर्ण रुपमा डुबानमा परेका छ। त्यस्तै वडा नम्वर ११ रौजामा समेत तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा समेत पानी पसेको स्थानी लक्ष्मण मण्डलले जानकारी दिए।

तटबन्ध कटान क्षेत्र तर्फ नेपाली सेना र अन्य सुरक्षा निकायको टोली पठाउन लागिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।

यता तिलगढमा केहि घरमा अत्यधिक पानीको बहावले गर्दा उक्त घरमा रहेकाहरुलाई उद्धार गर्ने प्रयास भईरहको उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here