त्रिभुवन राजपथअन्तर्गत मकवानपुर भीमफेदी–१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा आज बिहान मालबाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकमा सवार सिन्धुली लम्पटार–१ का २८ वर्षीय भोजराज बस्नेत रहेका जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा–८ का ३१ वर्षीय राजन बाँस्कोटा र सोही ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य छन् ।

घाइते भएका बाँस्कोटाको चुरेहील अस्पतालमा उपचार भइरहेको छ भने सहचालक आचार्यलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आइचर ट्रक बिहान आफैँ अनियन्त्रित भई खोलामा खसेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here