नुवाकोट जिल्लाका तारेकेश्वर नगरपालिका निवासी जनक ढुंगानाले आफ्नो मृत बुवाआमाको सम्झनामा पुल बनाएका छन् । उनले दुई जिल्लालाई जोड्ने पुल बनाएका हुन् ।

ढुंगानाले धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिका ५ मा आफ्नो मृतक बुवा आमाको सम्झनामा धादिङ र नुवाकोट जिल्ला जोड्ने पुल बनाएका हुन् । नीलकण्ठ नगरपालिकास्थित फ्याक्से खोला र खानी खोलाको संगमस्थलका रुपमा रहेको त्यो खोलामा आवत जावत गर्न कुनै स्रोत साधन नभएको स्थानीयहरूले सास्ती भोग्दै आएकाले पुल निमार्ण गरेको उनले मेरोन्युजलाई जानकारी दिए ।

देउराली छामे, जोगी डाँडा, जामुने, गैरी वर्र्षालगायतका क्षेत्रका मानिसहरूलाई नुवकोटको क्युरिनी निस्कने आधार बनेको उक्त पुलको सहायताले धेरै सहज भएको स्थानीयले बताएका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here