काठमाडाैं : सशस्त्र प्रहरीले विभिन्न चार पदका लागि भर्ना खुलाएको छ। परिचरदेखि अधिकृतसम्मका विभिन्न ४ पदमा गरी १ हजार ९५ जनाका लागि भर्ना खुलेको हो।

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा १ सय ३७ जना, सशस्त्र प्रहरी जवानमा ७ सय ५५ जना र सशस्त्र प्रहरी परिचरमा १ सय २८ जना माग गरिएको छ।

परिचरमध्ये भान्छेमा ८८, केश कर्तक १४, कूचीकार १३, सूचीकार ७, चर्मकर्मी ४ र माली २ जनाको लागि विज्ञापन गरिएको छ।

सशस्त्र प्रहरी निरिक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेको र स्नातक उतीर्ण हुनुपर्ने छ। सहायक निरिक्षकका लागि १८ वर्ष पूरा भइ २३ वर्ष ननाघेको र प्लस टु पास गरेको हुनुपर्ने छ।

जवानका लागि १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको र कक्षा ८ पास गरेको हुनेपर्ने सूचनामा उल्लेख छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here