सर्लाही : मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका-९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेक जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए।

पीडित युवतीले दुवैले आफुमाथि सामुहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए।

‘उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएका छौँ,’ उनले भने।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here