सर्लाही : कैलालीको धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-१२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो।

‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारको लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो।

घरमा पुगेपछि पुनः स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो।’ स्यानिटाइजर के कारणले सेवन गरे भन्नेबारे खुलेको छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here