सर्लाही : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ का तरुण दलका वडा उपाध्यक्ष २५ वर्षीय सन्तोष गिरीमाथि खुँडा प्रहार गरिएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुका करिब ६ बजेतिर वीरेन्द्रनगरको धमला चोकको एक कटेजमा घटना भएको हो। मोटरसाइकलमा आएको एक समूहले गिरीमाथि खुँडा प्रहार गरेको बताइएको छ।

गिरीको वीरेन्द्रनगरको माया नर्सिङ होममा उपचार भइरहेको र घटनाबारे थप कुरा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here