सर्लाही : १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

१५ वर्षीया बालिकालाई ८ महिनादेखि डर धम्की देखाई जबर्जस्तीकरणी गर्दै आएको र बालिकाको ७ महिनाको गर्भसमेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसर टोल बस्ने २१ वर्षीय सुजित कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

साहलाई बिहीबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here