सर्लाही : धनुषामा माछा मार्नेक्रममा एक युवकको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर १२ का अन्दाजी ३० वर्षीय भगवानबाबु सदाको माछा मार्न गएको समयमा मृत्यु भएको हो।

बर्षा संगै नदिनालाबाट खेतहरुमा आएको पानीमा माछा मार्न बिहानै सदा घरबाट निस्केका थिए । सदा बेलुकासम्म घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेका थियो।

सदाले माछा मार्नका लागि प्रयोग गर्ने खौकि(बल्छी) सडकको छेउमा भेटाएपछि नजिकै पानी निकासका लागि जडान गरिएको हेम पाइपमा डुबेको अबस्थामा शब फेला परेको पारिवारिक स्रोतले बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here