सर्लाही : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको जारी आठौँ अधिवेशन नै अन्त्य गरेकी छिन् ।

मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै सरकार अल्पमतमा परेपछि उनले संसद् छलेर सरकार टिकाउन संसद्को अधिवेशन अन्त्य गरेकी हुन् । मुख्यमन्त्री शाक्यले गत शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नेपालको संविधान को धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेकी छिन् ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरे लगत्तै करिब ३५ दिनसम्म स्थगित रहेको प्रदेशसभा बैठक बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले केही प्रदेश ऐन र प्रदेशसभाको नियमावली संशोधनका लागि गत भदौ १ र २ गतेका लागि आह्वान गरेका थिए ।

उक्त बैठकमा शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राखेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोही दिन नै बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो । मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बहुमत प्राप्त दलको नेताको रूपमा सरकारको नेतृत्व गर्न मुख्यमन्त्री मा नियुक्त गरी शपथ गराएका थिए ।

मुख्यमन्त्री शाक्यले सोही दिन २ जना मन्त्री पनि नियुक्त गरेकी थिइन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here