सर्लाहीको लालबन्दी नगरपालिकामा १२ दिनअघि दुर्घटना गराएर फरार एक ट्रकचालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गर्न सफल भएको हो।

वैशाख ५ गते राति १ बजे पूर्वपश्चिम राजमार्गको लालबन्दी नगरपालिका–७, डुमडुमेमा पश्चिमतर्फ आइरहेको लु.१ख. ८५३८ नम्बरको ट्रकले पूर्वतर्फ गइरहेको प्रदेश–२ ०२००३ प ४९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु र अर्का एक जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८, का २८ वर्षीय संजित दासको मृत्यु भएको थियो भने सोही ठाउँका २८ वर्षकै सुनिल गिरी घाइते भएका थिए। घाइते गिरीको अहिले पनि जनकपुरधाममा उपचार भइरहेको छ।

दुर्घटनाको अनुसन्धान गर्ने सिलसिलामा लालबन्दी प्रहरीले पूर्व कोसी ब्यारेजदेखि पश्चिम चन्द्रनिगाहपुरसम्म राजमार्ग क्षेत्रमा जोडिएको क्यामेराबाट कैद भएका फुटेज हेरेको थियो।

सोही फूटेजका आधारमा ट्रक पत्ता लगाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here