सर्लाहीको बयलबास बजारमा मास्क लगाएर हिँड्ने बढ्न थालेका भन्दै ईलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघले मास्क नलगाउनेमाथि सचेत गराउन थालेको छ।

बढ्दो कोरोना संक्रमणबाट बचाउन प्रहरी र संघको सहकार्यमा आज देखि ‘तपाईको मास्क खोइ’ अभियान सञ्चालन गरिएको हो। यो अभियानपछि अहिले बजार क्षेत्रमा अधिकांशले मास्क लगाएर मात्रै हिँड्न थालेका छन।

अभियान अन्तर्गत बजारमा विभिन्न ठाउँबाट आउनेहरुलाई मास्कको अनिवार्य प्रयोग बजारका सम्पूर्ण पसलमा अनिवार्य सेनिटाइजर राख्न र ब्यापार गर्दा भौतिक दुरि कायम गर्न सचेत गराइएको उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज शाहले बताए।

सबै ठाउँमा पुगेर मास्क लगाउनुस् भन्न नभ्याउने भएकाले अहिलेको बढ्दो महामारीलाई ख्याल गर्दै आफ्नो जिउज्यानको सुरक्षाको निम्ती पनि मास्क लगाएर मात्रै हिँड्न र अनावश्यक भीडभाड नगर्न ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रमुख जनक राज ढुंगाना आग्रह गरेका छन्।

‘तपाईंको मास्क खोई’ लेखिएको प्ले कार्ड बोकेर सर्वसाधारण, यात्रु, सवारीका चालक लगायतलाई सम्झाइबुझाई गरेर मास्क लगाउन भनिरहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here