काठमाडौं । नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

पछिल्लो तीनरचार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ। तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार मौसममा थप सुधार आउने छ। मंगलबार सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here