सर्लाही : धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ।

गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्‍याङ हालेका थिए। भर्याङ हाल्नेक्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानियबासीले बताएका छन्।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गर्दै भने, ‘मृत्यु भएको हो। हामी अहिले यहीँ छौँ। अहिले हामी काम गर्दैछौँ,।

स्थानीयबासीका अनुसार अर्का एक जना गम्भिर घाइते भएका छन् । उनलाई स्थानिय अस्पतालमा राखेर उपचार गरिँदैछ।

पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here