सर्लाही : बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिशहरबाट पक्राउ गरिएको हो।

बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको बलात्कार घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here