सर्लाही : सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० रंजितपुरका पवन यादवको ९ वर्षीय छोरा अर्जुन कुमारको मंगलबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै गोठमा खेल्ने क्रममा भुईमा लत्रिएको विद्युतको नाङ्गो तारबाट करेन्ट लागेको हो।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि कल्याणपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here