सर्लाही : काठमाडौं उपत्यकाका विद्यालय सशर्त खोल्न दिइने भएकाे छ। 

कोरोना संक्रमणको जाेखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयहरूले स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने जनाएका छन्। 

जारी निषेधाज्ञा भदाै मसान्तसम्म लम्ब्याउँदै  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्न विद्यालयलाई निर्देशन दिएको छ। 

गोकर्णेश्वर नगरपालिकाले हिजो(मंगलबार)बाट नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालय​ सञ्चालन गरी भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आउन थालेका छन्।

‘शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने।’ आदेशमा भनिएको छ, ‘गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने।’

यसअघि सिनेमा हल,पार्ट प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सङ्ग्रहालयलगायत संचालनमा लगाइएको रोक हटाइएको छ। 

त्यस्तै,स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र चार बजेदेखि ७ बजेसम्म गर्न पाउने आदेशमा उल्लेख गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here