सर्लाही : जिल्ला प्रहरी कार्यालय बाराले ९ बर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोल्हवी नगरपालिका-१ बस्ने ३६ वर्षीय अनिल कुमार चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०६९ जेठ २२ गते सोही ठाउँ बस्ने १८ वर्षीय अजय चौधरीको शव फेला परेको र उक्त घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीमाथि जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here