सर्लाही : सप्तरीमा दुई दिन अगाडी मानसिक सन्तुलन गुमेकी एक महिलाले जन्माएको शिशु सहित उद्धार गरिएको छ।

रुपनीबाट संचालित के छ खबर डटकम,सप्तरी सप्तरी युथ नेपाल र सबल नेपालको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित ट्राफिक चोकमा अलपत्र अवस्थामा रहेका ति महिलासहित भरखर जन्मेका नवजात शिशुलाई उद्धार गरिएको हो।

उक्त ठाउँको आस पास सधै जसो मागी खाने लाउने देखिएकी मानसिक सन्तुलन गुमेकी महिला दुई दिन अगाडी कृष्ण अष्टमीका दिन सन्तानलाई जन्म दिएको स्थानीय निखिल राउतले बताए।

मानसिक सन्तुलन गुमेकी महिला शम्भुनाथ मन्दिर नजिकै रहेको पिपलको बोटमा बसेर जनमेक बच्चालाई चाउचाउ र फोहोर पानी खुवाइ रहेको अवस्थामा स्थानियले देखेपछि युवाहरुको सहयोगमा एम्बुलेन्समा राखेर उद्धार गरिएको सबल नेपालका सिनियर म्यनैजर अशोक कुमार साहले जानकारी दिनुभयो ।बच्च जन्माएकी महिलाको नाम र ठेगाना खुल्न सकेको छैन् भने उक्त महिलाले हिन्दी भाषा बोलिरहेको स्थानीयले बताएका छन।

छोरा जन्मेको बच्चासहित उद्धार गरि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा भर्ना गरिएको सबलका सिनियर म्यानेजर साहले बताए।

उहाँले भन्नुभयो उद्धारको क्रममा मानसिक सन्तुलन गुमेकी महिलालाई समेत अस्पताल ल्याएको छ । अस्पतालमा भर्ना गरिएका बच्चालाई चेकजाँच गर्दा नवजात शिशुमा जन्डिस देखिएको चिकित्सकले बताएका छन।

अहिले केहि दिन महिला र बच्चालाई सोही अस्पतालमै राखेर उपचार गर्नुपर्ने आवश्यताा देखिएकोले अहिले अस्पतालमा नै राखिएको महिलाको उद्धारमा सहयोग गर्ने सप्तरी युथ नेपालका कोषध्यक्ष बिष्णु यादवले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here