महोत्तरीमा बुधबारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा अवधिभर सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने उनले जानकारी दिए। त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्न बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने निर्णय भएको उनको भनाइ छ।

बजार व्यवसाय सञ्चालनमा निश्चित समय तोकिए पनि औषधि पसलहरू नियमित सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। 

यता, धनुषामा भने वैशाख २१ (मंगलबार) गतेबाटै निषेधाज्ञा जारी भएको छ। पछिल्लो समय महोत्तरी र धनुषामा कोरोना संक्रमित तीव्र गतिमा बढ्न थालेपछि निषेधाज्ञा जारी भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here