सर्लाही : कैलालीमा यात्रुवाहक विइङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु हुनुका साथै थप चार जना घाइते भएका छन्।

शुक्रबार राति करिब ११ बजे कैलालीको गौरीफण्डा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म.१ ज. ३१९ नम्बरको विइङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से.१ ह. २५१० नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी छन्।

यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन्। घाईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यस्तै, विइङ्गरका सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन्।

विङ्गरमा चालक र सहचालक मात्र रहेको र विइङ्गर चालक फरार रहेको भन्दै प्रहरीले खोजी तिब्र पारेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here