हरिवन नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र व्यापार व्यवसाय तथा सेवा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले हिजो (वैशाख १९ गते) एक सूचना जारी गरी बन्द अवधिमा कुनै पनि प्रकारका तोकिएका कार्य नगर्न भनेको छ।

विश्वभर फैलिएको कोरोना संक्रमण आफ्नो नगरभित्र पनि तीव्र गतिमा फैलिरहेको भन्दै नगरपालिकाले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय सुझावका आधारमा यो निर्णय गरेको जनाएको छ। निर्णयअनुसार वैशाख २१ गतेदेखि २५ गतेसम्म तोकिएका कार्यालय, व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here