‘अढाई’ जातको माछाले टोक्दा दाङको लमहीमा एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका-१ सुन्डबरी निवासी ४९ वर्षीय खिमबहादुर घर्तीलाई अढाई जातको माछाले टोकेर उपचार क्रममा अस्पतालमा लगिए पनि मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा समाउने क्रममा माछाले उनको मुख टोकेको थियो। केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुवै जना गएका थिए। उनको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here