सर्लाही : संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएकाे छ । पाण्डेको शव ट्रकले किचेकाे अवस्थामा फेला परेकाे थियाे।  शव  पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ । 

अरुण तेस्रोको ड्याम साइडमा तकारी पुर्‍याएर फर्कदै गर्दा मिनि ट्रक दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खाँदबारी नगरपालिका-७ का २९ वर्षीय बब्लु मगर, भारतकाे आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् ।  दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन् । खाँदबारी नगरपालिका-८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here