सर्लाही : डोल्पाको छार्काताङसोङ गाउँपालिका-४ कागकोटमा दुई समूहबीच झडप हुँदा एक महिला गम्भीर घाइते भएकी छिन्। त्यहाँको एउटा गुम्बामा पूजा क्रममा झडप हुँदा गाउँ कार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर गम्भीर घाइते भएकी हुन्।

गुम्बामा एक समूहले पहिला पूजा गरेका भन्दै अर्को समूह आक्रोशित भएर भिडन्तमा उत्रिएको थियो। त्यसपछि भएको झडपमा जिल्ला प्रहरी कार्यालय, डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

टाउकोमा चोट लागेर गम्भीर घाइते पेमाछुजुङ रोकायालाई फिष्टेल एयरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याई उपचार गराए पनि टाउकोमा गम्भीर चोट भएकोले काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।

घाइते चार जनामध्ये एकको अवस्था गम्भीर भए पनि तीन जनाको अवस्था सामान्य भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here