सर्लाही : जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरी घुस रकमसहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग घुसबापतको आठ हजार रुपैयाँ लिंदै गरेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

चौधरीले नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनको लागि घुस लिएको बताइएको छ। पक्राउ परेका चौधरी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here