मकवानपुरमा २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भई हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना हेटौंडा, एक जना महोत्तरी र एक जना बाराका रहेका छन् । अस्पतालमा उपचार गराई रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ५५ वर्षीय पुरुषको गएराति ९ बजेर १७ मिनेटमा मृत्यु भएको हो ।

यस्तै, बाराका ४६ वर्षीय अर्का कोरोना संक्रमित पुरुषको आज बिहान ६ बजेर २२ मिनेटमा अस्पतालमा मृत्यु भएको हो भने अस्पतालमा ६ दिनदेखि उपचार गराइरहेका महोत्तरी जलेश्वर २ का ५० वर्षीय पुरुषको आजै बिहान साँढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here