सर्लाही : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर ९ कुम्हरामा गएराति डकैती भएको छ ।

स्थानीय सिटहु यादवको घरमा डकैती भएको हो । स्थानीयबासीका अनुसार राति करिव १ बजेको समयमा डकैती भएको हो ।

लुटपाटपश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुबाट दुईजना घाइते भएका छन् । शंकास्पद बस्तु घरको पछाडि बिस्फोट भएको स्थानीयको भनाई छ ।

यता घटनास्थलतर्फ धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here