काठमाडौं । रुपन्देहीमा एक दम्पतीले घाँटी रेटेर आफ्नै ८ महिने छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बाबु श्रीराम मल्लाहा र आमा रेनु मल्लाहाले छोरा सुरजको घाँटी रेटेर हत्या गरेको खुलेको रूपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

रूपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा मल्लाह दम्पतीले शनिबार छोराको हत्या गरेको डिएसपी थापाले बताए। प्रहरीले शिशुको हत्या भएको आंशकामा शनिबार नै उक्त दम्पतीलाई नियन्त्रणमा लिएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here