सर्लाही : लालबन्दी नगरपालिकामा एक बेवारिसे बालक फेला परेका छन्।

लालबन्दी नगरपालिका-१७ को रानीगन्ज चोकमा दुई दिनदेखि फेला परेका बालक राम्रोसँग बोल्न सक्दैनन्। आफ्नो नाम र ठेगाना बताउन नसक्ने उनी त्यहीँ बसिरहेका छन्। स्थानीयले उनी कहाँबाट आएका पत्ता लगाउन सकेका छैनन्।

करिब ११-१२ वर्षका जस्ता देखिने ती बालकलाई स्थानीय बस काउन्टर तथा व्यवसायी शनि लामाले संरक्षण दिइरहेका छन्। आफ्नो काउन्टर वरपर बेवारिसे अवस्थामा भेटेपछि आफूले खाना र बस्नका लागि आफ्नो निवासमा लिएर गएको उनले बताए।

हालसम्म ती बालकका आफन्त लिन नआएका र बेलाबेलामा भाग्ने गरेका लामाले बताए। मानसिक अस्वस्थ देखिएका बालकलाई प्रहरीकहाँ जिम्मा लगाउने पहल भइरहेको लामाले जानकारी दिए। साथै सम्बन्धित परिवार तथा आफन्तले ती बालकलाई लैजान लामाले आग्रह गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here