सर्लाही : घर जल्दा एक वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-२ वाम्तीको लहरेटोलका धनबहादुर कार्कीको दम्पतीको घरमा आगलागी भएको हो। गएराति करिब १२ बजे भएको आगलागीमा ७८ वर्षीय धनबहादुर र उनकी ६८ वर्षीया सीताको आगोले जलेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए।

अकस्मात् घरमा आगलागी भएपछि छोरा मनोहर कार्की उनकी श्रीमती कल्पना र छोरी स्मारिका भने घरको ढोका फुटाएर बाहिर निस्कन सफल भएका प्रहरी नायव उपरीक्षक ढुंगानाले बताए।

आगो निभाउन स्थानीय र वाम्ती प्रहरी चौकीबाट गएको प्रहरी टोलीको आगो निभाउने प्रयास असफल भएपछि घरमा पूर्ण रुपमा क्षति पुगेको छ। आगलागी कसरी भएको र कति क्षति भएको छ त्यसबारे जानकारी आउन बाँकी छ।

स्थानीयले राति घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुुगेको थियो।

घटनास्थल पुुगेको प्रहरी टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here