सर्लाही । हिजोदेखि शुरु भएको कक्षा १२ को परीक्षामा देशैभरका विद्यार्थी सामेल भए।

देशैभरका विद्यार्थीले परीक्षा दिइरहँदा सर्लाहीस्थित लालबन्दी नगरपालिका-१६ मा रहेको परवानीपुरको डिम जनता उच्च माध्यमिक विद्यालयमा भएको भनिएको एउटा भिडियो भाइरल बन्यो।

टिकटकबाट अपलोड भएर बनेको उक्त भिडियोमा विद्यार्थीले उत्तरपुस्तिका भन्दै सामाजिक सञ्जाल फेसबुक र त्यसलाई फैलाए।

तर उक्त भिडियो (टिकटक) डिम जनता परीक्षा केन्द्रका परीक्षार्थीले नबनाएको पुष्टि भएको छ।

भिडियोमा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ। विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था भए पनि यो कसरी सम्भव भयो भन्ने विषय परीक्षा बोर्डले छानबिन गर्ला।

तर उक्त भिडियो भने डिम जनताको भने नभएको त्यस परीक्षा केन्द्रमा सहभागी परीक्षार्थी र परीक्षा सुपरीटेन्डेन्ट सन्तोष घिमिरले दाबी गरेका छन्।

उक्त भाइरल भनिएको भिडियो आफ्नो विद्यालयका परीक्षार्थीको नभएको दाबी गर्दै त्यहाँका शिक्षकसमेत रहेका घिमिरले भिडियो आफ्नो स्कुलको भए कारबाही भोग्न तयार रहेको सर्लाही एक्सप्रेसँग दाबी गरेका छन्।

भिडियो कसरी बन्यो भन्ने विषयमा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताइरँदा उनले आफ्नो परीक्षा केन्द्रमा यस्तो कुनै पनि प्रकारको भिडियो नबनेको दाबी गरेका हुन्।

बोर्डले यस वर्ष प्रश्नपत्र इमेलमार्फत विद्यालयहरुमा पठाएको छ। बोर्डका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here