सर्लाही : पृथ्वी राजमार्गको मुग्लिननजिक त्रिशुली नदीमा कार खसेको छ। सो दुर्घटनामा कारका चालकसहित ३ जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलाबाट ग.२ च.४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो। कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका-१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेका छन्।

कारमा रहेका एक जनाको भने उद्धार गरिएको छ। कारमै रहेका पोखरा-१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको उद्धार भएको हो। हाल उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here