तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँकी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन्।रासस

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here