सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकामा रोकेर राखिएको एक मिनी ट्रकमा आगजनी भएको छ।

बयलबास बजारमा मंगलबार राति पार्किङ गरेर राखिएको मिनीट्रकमा आगजनी भएको छ।

स्थानीय खड्गप्रसाद बरालको घर छेउमै पार्किङ गरेर राखिएको ना४च ९५७ नम्बरको ट्रकमा आगजनी भएको हो। ट्रक जलेर थोरै मात्रै बाँकी रहेको साइकलको टायर फेला परेकाले, ट्रकमा कसैले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ।

आगजनीबाट ट्रकको इन्जिनको भाग र अगाडिको दाहिनेपट्टिको टायर जलेको छ। मंगलबार राति ११ बजेतिर लागेको आगो स्थानीय र नजिकै रहेको इलाका प्रहरी कार्यालय केशरगन्जबाट गएका प्रहरी मिलेर तत्कालै नियन्त्रणमा लिएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here