सर्लाही : जिल्लाको हरिपुर नगरपालिका-२ स्थित महावीर जनता माध्यमिक विद्यालयका ७२ जना छात्रालाई साइकल वितरण गरिएको छ। 

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हिजो (बिहीबार) साइकल प्रदान गरिएको हो। छोरीलाई शिक्षामा आकर्षित गर्ने उद्देश्यले विद्यालयको कक्षा ८ मा अध्ययनरत सम्पूर्ण ७२ जनालाई एक-एक थान साइकल वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयनारायण चौधरीको अध्यक्षता तथा क्षेत्र नम्बर १ का सांसद प्रमोद साहको प्रमुख आतिथ्यतामा साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अमृतलाल मोक्तानले जानकारी दिए। 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here